‘भारत’ ले तोड्यो सलमान खानको आफ्नै रेकर्ड


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर रिलिज भयो । यो फिल्मले इदको भरपुर फाइदा उठाएको छ । फिल्मले भारु.४२ करोड ३० लाखमा बम्पर ओपनिङ्ग गरेको छ ।सलमानको भारत लाई दर्शकले रुचाइरहेका छन् । भारतिय ट्रेड एनालिस्ट तरण आदर्शले यो फिल्मलाई ५ मा ४ स्टार दिएका छन् ।

उनले ट्विटर मार्फत फिल्मले ४२ करोड ३० लाख कलेक्सन गरेको जानकारी पनि दिएका छन् । यो फिल्म भारतमा ४७०० स्क्रिनसमा प्रर्दशन भइरहेको छ भने ओभरसिजमा १३०० भन्दा बढि स्क्रिनमा लागिरहेको छ । सलमान खानले सन् २००९ मा ‘वान्टेड’ देखि हरेक वर्षको इदमा फिल्म रिलिज गरिरहेका छन् । २०१० मा रिलिज भएको ‘दबंग’ले १४ करोड ५० लाखमा ओपनिङ्ग गरेको थियो ।

त्यसैगरी, २०११ मा ‘बडिगार्ड’ले २१ करोड ६० लाख, २०१२ मा ‘ईटिटि’ले ३२ करोड ९३ लाख, २०१३ मा ‘किक’ले २६ करोड ४० लाख, २०१५ मा ‘बज्ररंगी भाईजान’ले २७ करोड २५ लाख, २०१६ मा ‘सुल्तान’ले ३६ करोड ५४ लाख, २०१७ मा ‘रेस ३’ले २९ करोड १७ लाख कलेक्सन गरेको थियो ।सलमान खानको ‘भारत’ले तीन रेकर्ड कायम गरेको छ ।

इदमा रिलिज गरिएको फिल्म मध्ये बम्पर ओपनिङ्ग, यो वर्षको बम्पर ओपनिङ्ग र सलमानकै करियरकै बम्पर ओपनिङ्ग गरी तीन रकर्ड राखेको छ । यो वर्ष भारतले ४२ करोड ३० लाखमा ओपनिङ्ग गर्दा ‘कलंक’ले २१ करोड ६० लाख, ‘केसरी’ले २१ करोड ६ लाख, ‘गलीव्वाई’ले १९ करोड ४० लाख र ‘टोटल धमाल’ले १६ करोड ५० लाखको ओपनिङ्ग गरेको थियो । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com