Follow @khasokhasmag

जनता जागरुक बनाउन स्वाभिमान यात्रा


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ ।

मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी गराउनुभयो ।

राष्ट्रिय आगामी आर्थिक वर्षको बजेट केही सकारात्मक र केही नकारात्मक रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधानका लागि देशभित्रै पर्याप्त रोजगारको व्यवस्था हुनेपर्नेमा जोड दिनुभयो ।

उहाँले शान्ति प्रक्रिया टुङगिएका बेला विप्लवको विद्रोह मुलुकको चूनौतीका रुपमा देखिएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले सत्ता केन्द्रितभन्दा बढी नीति केन्द्रित भएर राजनीतिक गर्ने र समान विचार भएका दलहरुसँग एकताका लागि प्रयास जारी राख्ने बताउनुभयो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com