कागजपत्रविहिन विद्यार्थीलाई देशनिकाला गर्न आग्रह गर्ने शिक्षिका निस्कासित


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

टेक्सासको हाइस्कुलकी एकजना शिक्षिकाले कागजपत्रविहिन विद्यार्थीलाई देशनिकाला गर्न आग्रह गर्दै ट्वीट गरेपनि उनलाई जागिरबाट निस्कासन गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरको इनबक्समा सन्देश पठाउन खोज्दा सार्वजनिक रुपमा नै ट्वीट भएपछि यो विषय बाहिर आएको हो ।

टेक्सासको फोर्ट वर्थमा रहेको विद्यालयमा पढाउने जर्जिया क्लार्कले आफूले पठाउने विद्यालय कागजपत्रविहिन विद्यार्थीहरुले भरिएको भन्दै विद्यार्थीलाई देशनिकाला गर्न आग्रह गरेकी थिइन् । आफूलाई त्यसक्षेत्रमा कागजपत्रविहिनबारे अनुसन्धान गर्ने अधिकारीको सम्पर्क चाहिएको भन्दै उनले ट्वीटरमा श्रृंखलाबद्ध ट्वीट गरेकी थिइन् । उनी फोर्ट वर्थको इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रीक्टमा सन् १९९८ देखि आबद्ध रहदै आएकी थिइन् ।

स्कुलको बोर्डको बैठकमा उनको ट्वीटबारे कुरा उठेपछि उनलाई निस्कासन गर्नका लागि सबै सदस्यहरु एकमत भएका थिए । टेक्सासको राज्यको कानुन अनुशार उनले आफूलाई निस्कासन गरिएको निर्णयबिरुद्ध १५ दिनभित्र अपिल गर्न सक्नेछिन् ।

ट्वीटरमा लेखेकै दिन उनले विद्यालयमा विभेदपूर्ण अभिव्यक्ति दिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । मेक्सिकनहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न नहुने भन्दै उनले कक्षामा नै आक्रोश व्यक्त गरेकी थिइन् । विद्यार्थीहरु बाथरुम जान खोज्दा उनले अमेरिकामा कानुनी रुपमा बसेको कागजपत्र देखाउन भनेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com