नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसद असन्तुष्ट


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

देश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी ९राजपा०कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उहाँहरुले दिनुभएको छ ।

राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उहाँले बताउनुभयो ।

कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाउनुभयो । धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उहाँले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिनुभयो ।

गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उहाँले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । राजपाकै अर्का प्रदेशसभा सदस्य नेत्रविक्रम साहले नीति तथा कार्यक्रममा प्रदेश मन्त्रीले आफू निर्वाचित क्षेत्रमुखी योजना ल्याएको आरोप लगाउँदै मठमन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएर प्रदेश समृद्ध नहुने जिकिर गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com