कुटेर विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १० दिन म्याद थपेर अनुसन्धान


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए। म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय होलेरीमै फर्काइएको छ।

रुन्टीगढी गाउँपालिका–८ मगरगोरी झेनामस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका पुनले जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेकी थिइन्। प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन्।

घाइतेमध्ये भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ। घाइतेको उपचार दाङमा गरिएको छ भने अन्यको उपचार होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो । कुटपिटको आरोप लागेपछि शिक्षिका पुनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षिका पुन निजी स्रोतबाट नियुक्त भएकी हुन् । उनी विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी थिइन् । स्थानीयका अनुसार उनले पहिले पनि विद्यार्थीमाथि कुटपिट गर्थिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com