टीपीएसबाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक प्रतिनिधिसभाबाट पारित

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाबाट पारित भएको छ । २३५ जना डेमोक्रेटिक सांसद रहेको प्रतिनिधिसभामा विधयेकका पक्षमा २३७ र विपक्षमा १८७ मत खसेको छ ।

डेमोक्र्याट्सहरुको बहुमत रहेको प्रतिनिधिसभाबाट विधयेक पारित भएपनि यो लागु हुने सम्भावना भने निकै कम रहेको छ । उक्त बिल रिपब्लिकन बहुमत रहेको सिनेटमा भने बहुमतप्राप्त दलका नेता मिच म्याककोनेलको डस्टबिनमा फ्याकिने लगभग निश्चित रहेको छ । यदि सिनेटबाट पारित भइहाले पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुपर्ने भएकाले लागु हुने सम्भावना कम रहेको हो ।

गत मार्चमा डेमोक्र्याटहरुले संसदमा ल्याएको यो विधयेक केही दिन अगाडि संसदको न्यायिक समितिबाट अगाडि बढाइएको थियो । यो विधयेकले बाल्यकालमा अमेरिका आएका झण्डै ३६ लाख कागजपत्रविहिनहरुलाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । झण्डै ८ लाख ड्रिमरहरुलाई डाकाले समेटेको छ ।

त्यस्तै टीपीएसबाहकलाई पनि ग्रिनकार्डको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । यो विधयेक पारित भएमा झण्डै १० हजार नेपाली टीपीएसबाहकहरु प्रत्यक्ष लाभान्वित हुनसक्नेछन् । संसदबाट पारित नभएपनि डेमोक्र्याटहरुले यो विधयेक ल्याएर आफूहरु आप्रवासीहरुको पक्षमा रहेको देखाउने एजेण्डा स्थापित गर्न भने एकहदसम्म सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com