महाभूकम्पको आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

आफू ठूलो ज्योतिष भएको दावीसहित देशमा महाभूकम्प आउन्छ  भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ परेका छन् । उनलाई मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ । ३६ वर्षीय क्षेत्रीले महाभूकम्प आउने ठोकुवा गर्दै विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दीरहेका थिए ।

उनले मिति नै तोक्दै जेठ महिनामै महाभूकम्प आउने दावी गरेका थिए । उनका ती अन्तरवार्ताका भिडियो भाइरल बनेका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com