राष्ट्रपति भण्डारी ‘रोजा इफ्तार’मा [फोटो फिचर]


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

मुलुक धर्मनिरपेक्ष राज्य घोषणा भएपछि पहिलो पटक राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि भएकी छन् ।
बाकेको नेपालगन्जमा मंगलबार साझ आयोजना गरिएको ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति सहभागि भएकी हुन् । ‘रोजा इफ्तार’ पहिलोपटक राष्ट्रप्रमुख सहभागि भएकोमा मुस्लिम समुदायले खुसि ब्यक्त गरेकाछन् । मुस्लिम समाज बाकेको आयोजनामा ‘रोजा इफ्तार’ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले ‘रोजा इफ्तार’ कार्यक्रमले देशलाई एकताबद्ध बनाउन र समृद्धीको लागि राम्रो सन्देश दिने बताइन् । यो पर्वले देशमा रहेका बिभिन्न धर्म, सम्प्रदाय र आमजनसमुदायबीच झन् एकता कायम गराउन सहयोग पु¥याउने उनीले बिश्वास गरिन् । इदको अवसरमा राष्ट्रपतिले मुस्लिम समुदायलाई शुभकामना समेत व्यक्त गरिन् ।

 

 

 

 

 

 

पहिलो पटक राष्ट्रप्रमुख रोजा इफ्तार कार्यक्रममा सहभागि भएर समुदायको आत्मासम्मान बढाएको आयोजक मुस्लिम समाज बांकेका संयोजक अब्दुल वाहिद मन्सुरीले बताए । राष्ट्रपति भण्डारीले समुदायसंगै बसेर फलफुल सेवन गरेकी थिइन् । मुस्लिम समुदायका पाच स्तम्भ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमपा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ । राष्ट्रपती भण्डारी बाकेको नेपालगन्जमा नै बास बसेकी छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com