टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने बिल प्रतिनिधिसभाबाट आज पारित हुँदै


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाबाट पारित हुने निश्चित भएको छ । आज डेमोक्र्याट्सहरुको बहुमत रहेको प्रतिनिधिसभामा बिलमाथि मतदान हुने जनाइएको छ । तर प्रतिनिधिसभाबाट पारित भएपनि उक्त बिल रिपब्लिकन बहुमत रहेको सिनेटमा भने बहुमतप्राप्त दलका नेता मिच म्याककोनेलको डस्टबिनमा फ्याकिने लगभग निश्चित रहेको छ ।

गत मार्चमा डेमोक्र्याटहरुले संसदमा ल्याएको यो विधयेक केही दिन अगाडि संसदको न्यायिक समितिबाट अगाडि बढाइएको थियो । यो विधयेकले बाल्यकालमा अमेरिका आएका झण्डै ३६ लाख कागजपत्रविहिनहरुलाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । झण्डै ८ लाख ड्रिमरहरुलाई डाकाले समेटेको छ ।

त्यस्तै टीपीएसबाहकलाई पनि ग्रिनकार्डको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । यो विधयेक पारित भएमा झण्डै १० हजार नेपाली टीपीएसबाहकहरु प्रत्यक्ष लाभान्वित हुनसक्नेछन् । संसदबाट पारित नभएपनि डेमोक्र्याटहरुले यो विधयेक ल्याएर आफूहरु आप्रवासीहरुको पक्षमा रहेको देखाउने एजेण्डा स्थापित गर्न भने एकहदसम्म सफल भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com