युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शो जुन २९ मा न्युयोर्कमा


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शोको दोश्रो संस्करण जुन २९ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको अस्टोरिया चियान फेडेरेसनमा हुने शोको आयोजना गैर नाफामुलक संस्था एन एण्ड जे इन्टरटेन्मेन्ट एनवाई इन्कले गर्ने भएको छ ।

नेपाली अमेरिकन कला साहित्य र संस्कृतिको प्रबद्र्धन तथा नेपाली अमेरिकन बालबालिकाहरुमा लुकेको कला प्रदर्शनीका लागि शोको आयोजना गरिएको आयोजकको भनाई छ । ६ बर्षदेखि १६ बर्षसम्मका बालबालिकाहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिएको छ । कार्यक्रममा अमेरिका, क्यानडा लगायत जुनसुकै देशमा रहेका बालबालिकाहरुले पनि सहभागिता जनाउन सक्नेछन् ।

यस अगाडि सन् २०१७ मा पहिलोपटक ट्यालेन्ट शोको आयोजना गरिएको थियो । ट्यालेन्ट शोमा भाग लिनका लागि जुन २१ अगाडि नै आफ्नो नाम दर्ता गराउनुपर्नेछ । त्यसका लागि इमेल ठेगाना [email protected] वा [email protected] वा फोन नम्बर  347-896-3590  मार्फत आयोजकलाई सम्पर्क गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com