अमेरिकी नागरिकता लिनेको संख्या पाँच बर्षमै उच्च, २०१८ मा साढे ७ लाख बढी


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

अमेरिकी नागरिकता लिने आप्रवासीहरुको संख्या आर्थिक बर्ष २०१८ मा विगत पाँचबर्षमै उच्च रहेको युएससीआईएसको तथ्यांकले देखाएको छ । ट्रम्प प्रशासनले आप्रवासनमा कडाई गरेपनि नागरिकता आवेदन स्वीकृत दरमा कमी नआएको तथ्यांकले देखाएको हो ।

आर्थिक बर्ष २०१८ मा युएससीआइएसले ७ लाख ५७ हजार ८ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरेको छ । जुन आर्थिक बर्ष २०१४ को तुलनामा १६ प्रतिशतले बढी रहेको जनाइएको छ । विदेशी नागरिकले अमेरिकता लिनका लागि सामान्यतया पाँचबर्षसम्म ग्रिनकार्ड बाहक रहेको हुनुपर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेदेखि अमेरिकी नागरिकताको आवेदनमा निर्णय हुन लामो समय लाग्ने गरेको भन्दै आलोचना हुने गरेको छ । तर युएससीआईएसले भने धेरै आवेदन परेकाले फैसला हुनमा लामो समय लाग्ने गरेको बताउने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारी तथ्यांक अनुशार विगत २ बर्षमा २० लाख भन्दा धेरै नागरिकताका आवेदनहरु परेका छन् । अहिले पनि झण्डै ७ लाख ३० हजार यस्ता आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् ।

आर्थिक बर्ष २०१८ मा स्वीकृत दरमा भने कमी आएको छ । यो बर्ष ८ लाख ४९ हजार ५ सय आवेदनमध्ये ७ लाख ५६ हजार ८ सय आवेदनमात्र स्वीकृत भएका छन् अर्थात् ११ प्रतिशत आवेदनहरु अस्वीकृत भएका छन् । गत बर्ष पनि ११ प्रतिशत आवेदन नै अस्वीकृत भएका थिए । आर्थिक बर्ष २०१४ र २०१५ मा ९ प्रतिशत आवेदन अस्वीकृत भएका थिए भने २०१६ मा १० प्रतिशत आवेदन अस्वीकृत भएका थिए ।

रिपोर्टको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com