अष्ट्रेलियामा काम खोज्दा यसरि ठगिन्छन् विद्यार्थीहरु


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

अष्ट्रेलियामा अन्य देशबाट गएका विद्यार्थीहरुले काम खोज्नु संघर्षको पहिलो खुड्किलो हो । चिनजानका व्यक्ति भएमा काम खोज्न केही सजिलो हुन्छ भने अन्यलाई काम खोज्न कठीन हुन्छ । विशेष गरि यो परिस्थिति नयाँ विद्यार्थीहरुले भोग्नुपर्छ ।

नयाँ विद्यार्थीहरुसंग अष्ट्रेलियाको बारेमा पर्याप्त जानकारी नहुनु, भाषाको ज्ञानको कमी, कामको अनुभवको कमी आदिले गर्दा नयाँ विद्यार्थीहरुको लागि काम खोज्नु भनेको चुनौती हो । यसरि काम खोज्दा केही विद्यार्थीहरु ठगिने गरेका समेत छन् । एसबिएस हिन्दिले केही भारतीय विद्यार्थीहरुमाथि घटेका घटना प्रकाशित गरेको छ ।

भारतकी गुर्विन्दर कौर विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी हुन् । तीन महिना अगाडी अष्ट्रेलिया आएकी उनी मेलबर्नमा बस्छिन् । आएदेखि काम खोज्न थालेकी उनले काम पाउन सकीनन् । त्यसपछि निराश बनेकी उनले कामको लागि सहयोग माग्दै एउटा फेसबुक ग्रुपमा पोस्ट राखीन् ।

गुर्विन्दरले पोस्ट राखेपछि एकजना व्यक्तिले आफूले काम उपलब्ध गराइदिन सक्ने भन्दै उनलाई आफ्नो नम्बर सहित म्यासेन्जरमा संदेश पठाए । त्यसपछि ती व्यक्तिले उनलाई अर्को दिन देखि नै काम सुरु गर्न सक्ने जानकारी समेत दिए ।

काम खोज्दा खोज्दै थाकेकी गुर्विन्दरमा आशा जागेको थियो । यत्तिकैमा ती व्यक्तिले उनको खातामा ९० डलर राखिदिन अनुरोध गर्दै गुर्विन्दरलाई संदेश पठाए । ती व्यक्तिले कामको लागि पोशाक आवश्यक पर्ने र त्यो पोशाकको लागि रकम बुझाउनुपर्ने उल्लेख गरेका थिए । गुर्विन्दरले विश्वास गरेर ती व्यक्तिलाई ९० डलर राखीदिइन् ।

ती व्यक्तिले उनलाई अर्को दिन भेट्न बोलाएका थिए । गुर्विन्दर उनले भनेकै ठाउँमा पुगीन् । तर ती मान्छे आएनन् । त्यसपछि ती व्यक्तिले गुर्विन्दरलाई व्हाट्सएप , मेसेन्जर सबैतिर ब्लक गरे ।

यसरि ठगिनेमा उनी मात्र एक्लो नभई कैयौं विद्यार्थी रहेको एसबिएसले उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com