दिल्लीका मेट्रो र बस प्रयोग गर्ने सम्पूर्ण महिलाको भाडा निशूल्क गराउने केजरीवाल सरकारको तयारी


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

‘बिजुली हाफ, पानी साफ (बिजुलीको मुल्य आधा, पानी निशुल्क)’ योजना सफलतापूर्वक लागु गरेको केजरीवाल सरकारले अब दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिने तयारी गरेको छ ।

कुनै प्राविधिक अड्चन नआए ६ महिनाभित्र यो योजना लागू भइसक्ने गरी दिल्लीको राज्य सरकार अघि बढेको छ । दिल्ली सरकारले यो योजना कार्यन्वयन गर्नको लागि मेट्रो रेल करपोरेशनसँग एउटा प्रस्ताव माग गरेको छ ।

दिल्लीमा हाल अरविन्द केजरीवालको आम आद्मी पार्टीको सरकार छ र मुख्यमन्त्री स्वयम् केजरीवाल छन् ।

दिल्ली सरकारले ‘दिल्ली मेट्रो रेल करपोरेशन(डीएमआरसी)’सँग यस योजना कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भनेर प्रश्न गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसलाई कार्यन्वयनमा ल्याउनको लागि निशुल्क पास वा अन्य के विकल्प प्रयोग गर्न सकिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन ।

यो योजना लागु भएमा सरकारमाथि प्रति वर्ष १२ अर्ब भारुको आर्थिक भार पर्ने प्रारम्भिक अनुमान छ ।

राजनीतिक विश्लेषकले अर्को वर्ष हुने दिल्ली विधानसभा चुनावलाई मध्यनजर राखेर यो कदम उठाइएको विश्वास गरेका छन् ।

बस र मेट्रोमा एक साथ लागु हुनेछ योजना
दिल्ली सरकारको मनसाय यो योजनालाई बस र मेट्रोमा एकसाथ लागु गर्ने भन्नेछ । महिलाको निशुल्क सवारी डीटीसी र क्लस्टर स्कीमका सरकारी बसमा लागु गर्न सरकारलाई कुनै कठिनाई छैन ।
तर सुरक्षा कारणले पनि मेट्रो रेलमा भने यो व्यवस्था लागू गर्न केही अवरोध छ । यही अवरोधबारे छलफल गर्नको लागि दिल्लीका यात्रायात मन्त्री कैलाश गहलोतले शुक्रबार मेट्रोका अधिकारीलाई बोलाएका थिए ।
दिल्ली सरकारले गर्नेछ सम्पूर्ण खर्चको भपाई
मेट्रोका अधिकारीसँगको भेटघाटमा दिल्ली सरकारमा यातायात मन्त्री कैलाश गहलोतले यो योजना हर हालमा लागु हुने बताए । उनले मेट्रोमा महिला यात्रुको भाडा दिल्ली सरकारले बेहोर्ने जानकारी दिए ।
सुरुवाती हिसाब किताबमा यो व्यवस्था लागु भएपछि प्रत्यक वर्ष लगभग २ अर्ब भारु बसका लागि मात्रै तिनुपर्ने देखिएको छ ।

त्यस्तै मेट्रोमा महिलाको निशुल्क यात्रामा लगभग १० अर्ब भारु खर्च हुन्छ । तथापी यी परिमाण अनुमान मात्र हुन् । योजना लागु भएमा यो भारतभरी दिल्लीमै मात्र लागु भएको अलग योजना हुनेछ ।

भर्खरै सम्पन्न भएको लोकसभा निर्वाचनमा आम आद्मी पार्टीले दिल्लीका सबै सात सिटमा हार व्यहोर्यो । पार्टीको यस पटक अघिल्लो पटकभन्दा मत पनि कम पाएको छ ।

आफ्नो सरकार रहेको राज्यमा नमिठो हार बेहोरेपछि एक वर्ष पछि हुने दिल्ली विधानसभा चुनावमा बहुमत सुरक्षित गर्ने प्रयासमा केजरीवाल जुटेको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com