रंगशालाको विवाद मिले पछी स्थानीयबासीले उठाए भत्काएको बार


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए ।

फाउन्डेशन का अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् । रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।

निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे ।

जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो । रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेशनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com