प्रधानमन्त्री र मलाई भिडाउने चाहना पूरा हुंदैन : प्रचण्ड


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री र मलाई भिडाउने कसैको चेष्टा पूरा नहुने बताउनु भएको छ ।

दुई पार्टीबीच एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको प्रचण्डले बताउनुभयो । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति पार्टीका सबै नेता कार्यकर्ता दृढ रहेको बताउनु भयो ।

‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी अझ उन्नन र बिकसित पनि हुंदै गएको छ, प्रचण्डले भन्नुभयो – यस बिषयमा हामी दुवै अध्यक्ष प्रष्ट छौं,’ सरकारको नेतृत्व आलोपालोको बिषय उठाउनुको कारणबारे पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो प्रधानमन्त्रीजी म दुवै सहमतिकर्ता रहेकोले कसैले के के न भएजस्तो गरेर बजार गरम बनाउनुको कुने अर्थ नरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

‘मैले पार्टी एकता गर्दा भएको सहमतिको बिषयलाई स्मरण मात्रै गरेको हो, यसलाई गोप्य सहमति भन्दै अनावश्यक प्रचारबाजीमा लैजान जरुरी छैन, कितावमै आइसकेको बिषय हो,’ प्रचण्डले भन्नुभयो । पार्टी एकताको बेलामा भएको समझदारीलाई स्मरण मात्रै गरेको छु, मैले । यो कुनै नयां बिषय होइन, प्रधानमन्त्रीले पनि त्यसैअनुसार बुझ्नु भएको छ प्रचण्डको भनाई थियो ।

 

गत वर्षको असोज २१ गते एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादकको किताव अवतरणमा नै त्यो सहमति पत्र छापिएको छ । त्यो पुस्तकको दुवै अध्यक्षले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । गत अप्रिल २२ तारिखमा दुवै अध्यक्षले विमोचन गरेको कंडेलले नै सम्पादन गरेको ऐतिहासिक एकताका आधारहरु नामक दस्तावेज संग्रहमा सबै प्रकारका सहमति देखि मदन भण्डारीको जनतावको बहुदलीय जनवाददेखि पार्टी एकताका बेला सहमत भएको राजनीतिक प्रतिवदेन समेत त्यो पुस्तकमा रहेको छ ।

एक प्रश्नको जबाफमा प्रचण्डले भन्नुभयो – पार्टी नेता कार्यकर्तालाई सरकारको नेतृत्व फेर्ने कि नफर्ने भन्ने जस्तो अनावश्यक विषयमा वहस गरेर दिमाग खराब नगर्न र अनावश्यक रुपमा प्रचारवाजीमा नउत्रन निर्देशन दिनुभयो । ‘सवै कुरा सहमतिमै पार्टीले निर्णय गर्छ, अनावश्यक पोलोराइजेशनमा नलैजान म सवैलाई आग्रह गर्न चाहन्छु,’ प्रचण्डले अपिल गर्नुभयो ।

उहांले प्रधानमन्त्री ओलीले सहमतिको बिषयमा दिनुभएको अभिब्यक्ति र आफ्नो अभिव्यक्ति एउटै र सही रहेको बताउनु भयो । यतिबेला आफूहरुलाई भिडाउने प्रयाश संभव नहुने प्रचण्डको प्रषटोक्ति थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिल्लीमा सम्वादाताहरुसंग बोल्दै प्रचार गरिएको सहमति पत्र कुनै गोप्य नरहेको र धेरै पहिले नै सार्वजनिक भएको बताउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पोखरा र प्रचण्डको विराटनगरमा कार्यक्रम रहेकाले नेकपाको सचिवालयको बैठक मंगलबार बस्ने भएको छ । सचिवालय वैठकले नेताहरुको कार्यविभाजन सहित पोलिटव्युरो गठन गर्ने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com