अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अर्थहीन रुवाबासी,नसके नेपाल फर्कौं न !


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

-सुष्मि कँडेल

यतिबेला उच्च शिक्षा अध्ययनको लागि भन्दै अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरुको होडबाजी चलेको छ । जसरी अष्ट्रेलिया उच्च शिक्षा अध्ययनको लागि जाने फेसन चलेको छ, त्यसरी नै आफूहरुपीडामा परेको भन्दै मिडियामा आउने विद्यार्थीको संख्या पनि कम छैन । केहि दिन पहिले नेपालको एक टेलिभिजनकर्मी रबि लामिछाने अष्ट्रेलिया पुग्दा त्यहाँ उच्च शिक्षा अध्ययनका लागि पुगेका हजारौ बिद्यार्थी पीडामा रहेको रहस्य बाहिरियो । रबिले एउटा स्टेज कार्यक्रम सञ्चालन गरिरहेका बेला रबिलाई रातको ११ बजे पछि ट्रेनमा सुतेर रात बिताएका बिद्यार्थीको पीडा बुझ्न आग्रह गरियो । अध्ययनको शिलशिलामा त्यहाँ पुगेका नेपालीको अवस्था देख्दा दया लाग्नु स्वभाबिक भएपनि दैनिक १ घण्टा मात्र सुत्ने कुरा सुन्दा अचम्म लाग्यो ।

नेपालबाट अष्ट्रेलिया पुगेपछि १८–२० लाखसम्म आम्दानी हुन्छ भन्दै आफ्नो परिवारको करोडौ सम्पत्ति (जग्गा,अन्य जिन्सी,नगद) पूंजी देखाएर म अष्ट्रेलिया पढ्न जाँदा जस्तोसुकै कठिनाइ आईपरे पनि सहजै सामना गर्न सक्छु भनी औंठा छाप लगाएको ती ट्रेनमा सुत्ने विद्यार्थीले बिर्सनु भए जस्तो छ । अष्ट्रेलियामा म काम गर्नको लागि होइन पढ्न जाँदै छु, मेरो जिन्दगीको लक्ष्य अनुसारको पढ्नको लागि अष्ट्रेलिया जस्तो अरु कुनै देश देखिनँ,मैले अष्ट्रेलियामा अध्ययन सकेपछि आफ्नै देशमा फर्किन्छु र केही गर्छु भन्दै आफैले लेखेको कुरा बिर्सेर आज आम मिडियामा आएर काम नै पाईदैन,सोचेजस्तो छैन ,कम पैसामा काम लगाउछ्न् भन्दै आरोप लगाउनु कतिको उचित हुन्छ ?

कन्सलटेन्सीलाई कुनै आरोप नलगाउदा हुन्छ । ती हजुरहरुकै सेवाका लागि खोलिएका हुन् । कुनै पनि कन्सलटेन्सीले हजुरहरुलाई जर्बजस्ती तानेर अष्ट्रेलिया पठाएका छैनन् र पठाउदैन पनि । आफ्नो राम्रो अङ्क नपुग्दा नपुग्दै पनि मलाई जसरी पनि अष्ट्रेलिया जानु छ प्रोसेस गर्दिनु भन्ने हजुरहरु नै हो । त्यसैले कुन भिषामा जानु भएको हो त्यो भिषाको कदर गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जानेबेलामा चाहिं अध्यान भिजाकोे छाप लगाएर जाने, अनि उल्टै त्यहा कलेज फि र होस्टेल फि पनि मेरो बाउले नेपालबाट नै कमाएर पठाएर मजाले तिर्दिन सक्छ्न् भनेर दायाँ बायाँ सहिछाप लगाएर जाने, अनि अहिले चाहिं दुख पाइयो,पैसा कमिएन,४०–५० लाख डुब्यो,कन्सलटेन्सीले डुबायो भन्दै बकबास गफ गर्न पाइन्छ ? उल्टै सरकार दोषी रे ! त्यहा पैसा कमाउन गएको हो कि उच्च शिक्षा अध्यन गर्न ? पैसानै कमाउन जाने हो भने कामदार भिजामा जानुपर्ने होइन र ?

हाल अष्ट्रेलियामा एक लाख भन्दा बढी नेपाली बिद्यार्थी रहेका छन् । पछिल्लो बर्ष २०१७–१८ लाई हेर्दा ९३ हजार ८ सय भन्दा बढी बिद्यार्थी अष्ट्रेलियमा रहेका छन् । त्यस्तै यत बर्ष २०१६–१७ मा ५० हजार र बर्ष २०१५–१६ मा ३२ हजार बिद्यार्थी अष्ट्रेलिया पुगेका थिए ।

समाता अनलाइनबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com