अष्ट्रेलियाको सिड्नी रेलका नेपाली इन्जिनियरले दिए काठमाडौं उपत्यकामा लाइट रेल चलाउन सुझाव


प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार

अष्ट्रेलियाको सिड्नीमा नेपालीले चालकविहीन मेट्रो रेलको मज्जा लिइरहेका बेला सिड्नी रेलमा कार्यरत नेपाली इन्जिनियरले उपत्यकामा लाइट रेल चलाउन सुझाव दिएका छन्। भौगोलिक हिसाबले उपत्यकामा मेट्रो र मोनोरेल उपयुक्त नहुने उनीहरूको विश्लेषण छ।

सिड्नी ट्रेनका वरिष्ठ प्राविधिक विज्ञ इन्जिनियर शिशिर नेपाल भन्छन् ‘उपत्यकामा मेट्रो रेल चलाउनु भूकम्पीय कारणले जोखिमयुक्त छ, मेट्रोका लागि जमिन ड्रिल गर्छ अनि पुल बनाउँदा ठूला पिलर ठड्याउनुपर्छ।’ भौगोलिक कारणले गर्दा उपत्यकामा लाइटरेल उपयुक्त हुने इन्जिनियर नेपालको दाबी छ।

काठमाडौं तथा ललितपुर महानगरपालिकाले उपत्यकामा २७ किलोमिटर दूरीसम्म मनोरेल चलाउने प्रस्ताव ल्याएका छन्। त्यस्तै, पूर्वधार लगानी कोषले धुलिखेल– नागढुंगा मेट्रोरेलको प्रस्ताव ल्याएका छन्।

काठमाडौं महानगरपालिका र चीनको २५ औं रेलवे ग्रुपसँग उपत्यकाको चक्रपथमा मनोरेल सञ्चालन गर्न सम्झौंतासमेत भइसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बढ्दो सहरीकरण र भूकम्पीय जोखिमले गर्दा मेट्रो तथा मनोरेल महानगरका लागि प्रतिकूल हुने विज्ञहरूको ठहर छ। राम्रो अध्यययन नगरी मेट्रोरेल परियोजना अगाडि बढाउँदा कुनै बेला जोखिम आउनसक्ने भन्दै उनीहरू सचेत गराएका छन्।

सिड्नी रेल सेवाका ट्र्याक तथा मेन्टेनेन्स इन्जिनियर अर्जुन पोखरेल उपत्यकाको भौतिक संरचनाले गर्दा मेट्रोका लागि सहरका विभिन्न ठाउँमा लिप्ट, स्काइ ब्रिज, पिलर निर्माण गर्न सहज हुँदैन। मनोरेले खतरा बढाउनुका साथै सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने उनको तर्क छ। ‘मनोरेल उच्च गतिमा दौडने हुँदा त्यसले व्यवस्थापन र सरक्षा चुनौती थप्न सक्छट,’ पोखरेल भन्छन्, ‘काठमाडौको रिङ्रोडमा अहिले भइरहेको एउटा लेन लाइट रेलका लागि उपयोग गर्न मिल्छ, यसो गर्दा लागत कम पर्छ।’

मेट्रो र मनोभन्दा लाइटको गति कम , छोटो दूरीमा स्टप र थोरै प्लेटफर्म हुने भएकाले खर्च घट्नसक्छ। भइरहेको ट्राफिक लाइट र सिग्नल सिस्टम आधुनिकीरण गरी लाइट रेलका लागि उपयोग गर्न सकिन्छ।

अष्ट्रेलिया विभिन्न सहरमा लाइट रेल सञ्चालनमा आइसकेका छन्। क्यानवेरा, गोलकोष्ट तथा सिड्नीको प्यामाटामा १६ किलोमिटर लाइटरेल सञ्चालन भइसकेको छ। यही अनुभवका आधारमा सिड्नी ट्रेनका वरिष्ठ परियोजना प्रबन्धक भूपेन्द्र केसी भन्छन् ‘प्रविधि र खर्चका हिसाबले पनि काठमाडौंको रिडरोडभित्र लाइट रेल सञ्चालन गर्दा सरकारलाई कम व्ययभार पर्छ। रेल प्रोटेक्ट व्यवस्थापनका अनुभवी केसी भन्छन्, ‘दक्ष जनशक्ति पहिचान गरी उनीहरूलाई रेल्वेमा काम गर्ने वातावारण दिनुपर्छ।’ अस्ट्रेलियामो रेलसम्बन्धी प्रोजेक्ट सरकार र प्रतिपक्षी दलकै सबैभन्दा चासोको विषय बन्ने गर्छ।

अष्ट्रेलियाको सिड्नी रेल्वेमा काम गर्ने नेपाली इन्जिनियरको संख्या ३० भन्दा बढी छ। अस्ट्रेलियाका विभिन्न राज्यका रेल सेवामा काम गर्ने इन्जिनियर त्यतिकै संख्यामा छन्। अध्ययनका लागि आएका नेपाली इन्जिनियर आफ्नो मातृभूमिमा गएर रेलसम्बन्धी सेवा दिन तयार रहेको बताउँछन्। उनीहरू भन्छन्, ‘अध्ययनबाट हासिल गरेको ज्ञान र सीप नेपालमै बाँड्न चाहन्छौं।’ विदेशमा रहेका रेल विज्ञसँग न विदेशस्थित नेपाली दूतावासले न सम्पर्क गरेको छ न नेपाल सरकारले। नेपाल सरकारले विदेशमा रहेका नेपाली इन्जिनियरसँग सल्लाह तथा सुझाव माग्ने हो भने रेल निमार्णले अझ तीव्रता पाउने सिड्नीस्थित नेपाली इन्जिनियरको भनाइ छ।

रेल्वे विभागले नेपालभित्र दक्ष जनशक्ति नभएको, आन्तरिक स्रोत र साधन व्यवस्थापन , रेल्वे नेटवर्क विस्तारमा दातृ निकाय चाहिने भएकाले कार्यान्वयन चुनौतीपूर्ण भएको जनाउँदै आएको छ।

अष्ट्रेलिया, क्यानडा तथा अमेरिकामा रहेका विज्ञसँग नेपाल सरकारले परामर्श लिने हो भने रेल्वे परियोजना अगाडि बढाउन सजिलो हुने रेल्वे क्षेत्रक विज्ञको ठहर छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com