सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजार चलाउँछन् ।
तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।
खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोेकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।