कमिसनमा कुरा नमिलेपछि बालबालिकाकाे दिवा खाजा वितरण बन्द


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो। सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप छ।

‘एक त गत साउनेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,’ द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबन्डा नमिल्दा तीन साता नपुग्दै रोकियो।’ विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती काममा साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाइएको खाजा पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए।

प्रधानाध्यापक चन्दन द्विवेदीका अनुसार एक महिना पुग्ने खाजाबापतको रकम मात्रै नगरपालिकाले उपलब्ध गराएको थियो। अर्को महिनाका लागि पुनः निकासा माग्न विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुन नसक्दा खाजा वितरण कार्यक्रम रोकिएको हो।

नगर शिक्षा समितिका संयोजक एवं सबैला–१ का वडाध्यक्ष कपिल राउत वितरण सुरु भइसकेको खाजा कार्यक्रम बीचमै किन रोकियो भन्ने जानकारी आफूलाई नभएको भन्दै पन्छिए। नगरप्रमुख विजयशंकर प्रसाद साहले विगतमा जे भए पनि अब असार मसान्तसम्म पुग्ने गरी सबै विद्यालयमा खाजाको रकम पठाउन लागिएको बताए। याे समाचार अाजकाे नागरिक दैनिक>मा छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com