प्रचण्ड र ओली हस्ताक्षरित बुँदा नम्बर ४ को तरंग : पछाडि फर्कने कि अगाडि बढ्ने ! (कस्ले के भने ?)


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

२०७५ साल जेठ २ गते तत्कालिन नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा प्रभाकरलाई साक्षी किनारामा राखेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एउटा सहमतिमा हस्ताक्षर गरे । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमतिको बुंदा नम्बर ४ मा भनिएको छ – समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।

यो सहमतिपत्र शुभशंकर कँडेलको पुस्तक अवतरणमा ८ महिना अगाडि नै प्रकाशित भएको थियो । कुनै गोप्य सहमतिपत्र थिएन । तर प्रधानमन्त्रीको हैसियतमा केपी ओली भारत भ्रमणमा रहेको बेला यो विषयलाई पुन प्रचारमा ल्याइएको छ । केपी ओली प्रधानमन्त्री भएको १६ महिना नपुग्दै बहसमा आएको विषयले नेपाली राजनीतिमा र खासगरी नेकपाभित्र तरंग पैदा गरिदिएको छ । त्यसको तरंग सामाजिक सञ्जालमा पनि देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका निवासी राधाकृष्ण देउजा फेसबुकमा माधवकुमार नेपाललाई ट्याग गर्दै लेख्छन् – ‘एकताको प्रक्रियाले गति लिँदै गर्दा त्यसलाइ बिथोल्ने , गिजोल्ने , कसैलाइ उचाल्ने अनि कसैलाइ थचार्ने जस्ता कामहरु राम्रो हुदैनन। एकताको मर्म र भावना अनुसार अगाडी बढनु, सहमति र सहाकार्यको सिद्धान्तको व्यवहारिक अनुशरण गरिनु, सरकारलाइ स्थीरता दिँदै देश र जनता प्रति थप जिम्मेवार बनाउनु अनि चुनौतिहरुलाइ मिलेर सामना गर्दै सुन्दर भविष्य तर्फ देश , जनता र पार्टीलाइ अगाडी बढाउनुनै नेकपाका हरेक नेता , कार्यकर्ताहरुको साझा जिम्मेवारी हो भन्ने आसय सहित नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अगाडी सार्नु भएको धारणानै अहिले नेकपाको साझा धारणा बन्नु पर्छ। कसैलाइ उचाल्ने वा पछार्ने नभएर सवै मिलेर देशलाइ सम्वृद्ध, जनता सुखी अनि पार्टीलाइ लोकप्रिय बनाउंदै लानु पर्छ भन्ने सच्चाईको कदर सवैले गर्न सकुन। शुभकामना ।’

त्यस्तै पत्रकार किशोर श्रेष्ठ सहमतिको प्रति पोष्ट गर्दै फेसबुकमा लेख्छन् – ‘०७३ भदौ ३१ गते राजकीय भ्रमणमा दिल्ली पुगेकै बेला यता लोकमानसिंह कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा चलाउने भनिदिँदा उता स्थिति असहज हुन पुगेझैँ हालका प्रधानमन्त्री केपी ओलीले दिल्ली टेकेकै दिन उहाँसङ्ग आधी आधी कालका निम्ति पोहोर गरिएको सत्तासाझेदारीको गोप्य सहमतिपत्र दुई तीन दिनको तिथिमिति यताउति नपारी ठ्याक्कै यहीबेला बाहिर आउँदा भोलि बिहान समकक्षीसित ड्यासिङ्ग हिसाबले प्रस्तुत हुने कुरामा असर पर्ने त हैन कतै ।’

यो विषयमा नेकपाका सूर्य थापा सामाजिक सञ्जालमा लेख्छन्  – ‘ गत निर्वाचनमा पूर्ववर्ती एमालेको ७१५ र माओवादीकेन्द्रको २९५ मत हो । नेकपामा यही आधारमा हिस्सा निर्धारण गर्नु न्यायसंगत हुन्छ ।’

यो विषयमा नेकपा निकटकै अमेरिका निवासी राधाकृष्ण देउजाको मत भने फरक छ । उनी भन्छन् – ‘पार्टी एक भैसकेको अवस्थामा हिजो कसको कति प्रतिशत थियो भनेर खोजेर त्यसलाइ आधार बनाउन खोज्ने भन्दा पनि अव एकीकृत भैसकेको पार्टीमा रहे भएकाहरुको योग्यता , क्षमता इतिहास र आवश्यकता हेरेर जिम्मेवारी दिनुपर्छ , त्यसो गर्दा कसको भागमा कति प्रतिशत पर्छ भन्ने विषय कुनै महत्वको हैन।सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको सिद्धान्तको व्यवहारिक र विश्वसनीय प्रयोग भने सर्वत्र अपेक्षित छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com