राहुल गान्धी फेरि निर्वाचन क्षेत्रमा जाने


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिने भएका छन् ।

यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उनले मतदाताहरुलाई धन्यवाद दिने भएका हुन् । यसअघि उनले यही मे २४ तारिखका दिन पनि आफुलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए । उनले आफुसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिएका छन् ।

अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडीएफ)का पिपि सुनिरलाई भने ४ लाख ३१ हजार ६३ जना मतदाताले मतदान गरेका थिए ।

अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए । तर त्यस क्षेत्रमा भने उनी पराजित भएका थिए । पराजित भएपनि उनले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्य मार्फत् धन्यवाद दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेठीमा गान्धीलाई स्मृति इरानीले पराजित गरेका थिए । इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा पनि परेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com