अष्ट्रेलियामा आफूलाई फेल गराएको भन्दै भारतीय विद्यार्थीद्वारा युनिभर्सिटी विरुद्ध मुद्दा


प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार

अष्ट्रेलियामा एक भारतीय विद्यार्थीले युनिभर्सिटी विरुद्ध मुद्दा दायर गरेका छन् । पीएचडी गर्दै गरेका कुलदीप सिंहले जेम्स कुक युनिभर्सिटी विरुद्ध मुद्दा हालेका हुन् ।

५२ वर्षीय कुलदीपले सन् २०१५ मा पीएचडी सुरु गरेका थिए । पढाइका क्रममा उनी दुईवटा विषयमा फेल भए । युनिभर्सिटीले फेल हुनुको कारणमा कुलदीपले अरुको नक्कल गरेको बतायो । कुलदीपका कलेजका सुपरभाइजरले उनको ध्यान पढाईमा भन्दा काममा बढी भएको आरोप लगाए । तर कुलदीप भने यी आरोप मान्न तयार भएनन् ।

कुलदीपले आफूलाई यत्तिकै फेल गराइएको र आफू अन्यायमा परेको भनेर आवाज उठाए । कुलदीपका अनुसार, त्यसपछि युनिभर्सिटी प्यानलले उनको पक्षमा निर्णय गर्दै युनिभर्सिटीले उनलाई ५२ हजार ५ सय ७६ डलर क्षतिपूर्ति दिने बतायो ।

कुलदीपले भने युनिभर्सिटीले गर्दा आफ्नो मान प्रतिष्ठामा आंच पुगेको, आफ्नो करियरमा असर पुगेको, आफू डिप्रेसनमा गएकोले आफूले भोगेको यो सबैका अगाडी ५२ हजार डलर रकम धेरै कम भएको बताएका छन् । उनले क्षतिपूर्ती बापत आफूले ३ मिलियन डलर क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com