अध्यागमन कारवाही स्वरुप मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशतसम्म शुल्क लगाउने ट्रम्पको घोषणा


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

मेक्सिको हुँदै कागजपत्रविहिनहरु अमेरिका छिरेकोमा मेक्सिकोमाथिको कारवाही स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आयातित सामानमा ५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । यो शुल्क अक्टोबर १ सम्म बढाएर २५ प्रतिशसम्म पुराउने ट्रम्पको योजना रहेको छ ।

१० जुनबाट ५ प्रतिशत, जुलाई १ बाट १० प्रतिशत, अगस्त १ बाट १५ प्रतिशत र सेप्टेम्बर १ बाट २० प्रतिशत हुँदै अक्टोबर १ बाट शुल्क बढाएर २५ प्रतिशत बनाइनेछ । मेक्सिकोबाट अभोकाडो र टकिला लगायतका कृषिजन्य बस्तुहरु अमेरिकामा आयात हुँदै आएका छन् । साथै कैयन अमेरिकन कम्पनीहरुका उत्पादन हबहरु समेत मेक्सिकोमा रहेका छन् ।

मेक्सिकोमा हरेक महिना लाखौं कारहरु उत्पादन हुँदै आएका छन् । साथै कैयन हवाई कम्पनी र प्रविधिहरुको समेत उत्पादनगृहका रुपमा मेक्सिको रहेको छ । फोर्ड, जनरल मोटर, जोन डिरे, कोकाकोला लगायतको उत्पादनपनि मेक्सिकोमा नै हुँदै आएको छ ।

मेक्सिकोबाट कागजपत्रविहिनहरु अमेरिका आउने क्रम नरोकिएसम्म शुल्क जारी राखिने ट्रम्पले घोषणा गरेका छन् । सन् २०१८ मा अमेरिकामा मेक्सिकोबाट ३४६ बिलियन डलरको सामान आयात गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com