बुवाले थालेको ‘क्रान्ति’ बारे विप्लवका छोरा : ‘विप्लव यही धारमा मूलधारमा आएपनि हामी मान्दैनौँ’


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

केही समय यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ। सो पार्टीका अधिकांश नेता अचेल लगभग भूमिगत रहेका छन्।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्।

प्रकाश चन्द सो पार्टीको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव पनि रहेका छन्। उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको संगठनले गरेका गतिविधि कस्तो लाग्दैछ? बीबीसी नेपालीसँगको कुराकानीमा उनी आफ्ना बुबा विप्लवलाई भन्छन्- ‘अहिले उठाएको क्रान्तिको जुन लाइन छ त्यसलाई छाड्नु हुँदैन। हिजो १० वर्षको जुन पीडा भोगेका छौँ त्यसलाई भुलाउने गरी, विजयको झण्डा लहराउने गरी अनि हजारौँ शहीदहरूको सपना पूरा गर्ने गरी क्रान्तिको मार्गदर्शन नछाड्नुस् भन्ने हो। जस्तो किसिमको बलिदानी दिन पनि हामी तयार छौँ।’

बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा उनी भन्छन् – ‘यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारीक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी महँगो मोटर साईकलमा चढेको भन्दै सामाजिक सञ्जालमा आइरहेको तस्वीरबारे पनि उनले स्पष्ट पारेका छन् । उनी भन्छन् – ‘त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुन हार्ले डेभिडसन मोटर साईकलको कुरा हो, काठमाण्डूमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सन्जालमा हालेको थिएँ। त्यो आजको कुरा पनि होइन, करिब २र३ वर्ष अगाडिको कुरा हो। केही मिडिया र केही सामाजिक सन्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो। त्यो मोटर साईकल मेरो पनि होइन।’

बीबीसी नेपालीसँगको कुराकानीमा वर्तमान राजनीतिबारे उनी भन्छन् – ‘यो राजनीति धेरै टिक्ने वाला छैन। हामी माथि जुन हिसाबले प्रतिबन्ध लगाउने, युद्ध थोपर्ने र अनावश्यक रूपमा उत्तेजित गर्ने प्रपञ्च भइराखेका छन्, उनीहरूले खनेको खाल्डोमा उनीहरू नै पर्नेछन्।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com