अष्ट्रेलियाको बिग डब्लुमा ठूलो सेल अफर, किचन देखि मेकअपसम्मका समानमा ५०% छुट


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

अष्ट्रेलियाको डिपार्टमेन्ट स्टोर चेन बिग डब्लुले ५० प्रतिशत छुट सहितको सेल अफर ल्याएको छ । आजबाट सुरु भएको सेल हो  जुन २ सम्म रहने बताइएको छ ।

बिगडब्लु केही समय अगाडी आफ्ना ३० वटा स्टोर बन्द गर्ने घोषणा गरेको थियो । नाफा न्युन भनेका कारण केही स्टोरहरु बन्द गर्न लागेको बिगडब्लुले बताएको थियो । यसै बीचमा स्टोरले सेल अफर ल्याएको हो ।

उक्त सेलमा किचनको सामान, घर सजावटको सामान, मेकअपसामान लगायत ८ सय सामानमा ५० प्रतिशत छुट रहेको छ । यो छुट अनलाइन र स्टोर दुवैमा पाउन सकिने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com