अष्ट्रेलियाको न्युनतम तलबमा ३ प्रतिशत वृद्धिको घोषणा
प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार
अष्ट्रेलियाको न्युनतम तलबमा ३ प्रतिशतले वृद्धि हुने भएको छ । फेयर वर्क कमिसनले बिहिबार उक्त घोषणा गरेको हो ।
हाल अष्ट्रेलियाको न्युनतम तलब प्रति हप्ता ७१९.२० डलर रहेको छ । आगामी आर्थिक वर्ष अर्थात जुलाई महिना देखि त्यसमा ३ प्रतिशतले वृद्धि भइ न्युनतम तलब प्रति हप्ता ७४०.८० डलर हुने भएको छ ।
गत वर्ष न्युनतम तलबमा ३.५ प्रतिशतले वृद्धि भएको थियो । त्यसैले यो वर्ष धेरैको अनुमान तथा अपेक्षा भन्दा कम वृद्धि भएको छ ।
कर्मचारी संघहरुले यो वर्ष ६ प्रतिशतले तलब हुनुपर्ने माग गर्दै आएका थिए । व्यवसायीहरुले भने ६ प्रतिशतले तलब वृद्धि भएमा अष्ट्रेलियाको अर्थतन्त्रमा गिरावट हुने भन्दै कम वृद्धि हुनुपर्ने माग गरिरहेका थिए । यसैबीच फेयरवर्क कमिसनले मात्र ३ प्रतिशत वृद्धि हुने घोषणा गरेको हो।
कामदारहरुले यो निर्णयले खुशी ल्याउन नसकेको बताइरहेका छन् भने फेयर वर्क कमिसनका अधिकारिहरुले कामदारहरुका लागि सुविधा, कर सौलियत आदि मिलिरहेका कारणले यो वृद्धिले कामदारहरुलाई फाइदा पुग्ने बताएका छन् ।






