Follow @khasokhasmag

संसारको अग्लो शिखर सगरमाथा नभएको सीएनएनको प्रचार


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

सीएनएनले संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा नभएको समाचार प्रकाशित गरेको छ । विश्वको सबैभन्दा अग्लो शिखर प्यासेफिक ओसनको बीचमा रहेको माउना कि रहेको सीएनएनले दावी गरेको छ ।

हवाईको टापुमा रहेको निस्कृय ज्वालामुखी पहाड  माउना कि सगरमाथा भन्दा झण्डै साढे ४ सय फिट बढी अग्लो रहेको समाचारमा जनाइएको छ । सगरमाथाको उचाई २९ हजार ३५ फिट रहेको तर माउना किको उचाई ३३ हजार ५ सय फिट रहेको उल्लेख छ ।

सगरमाथा पृथ्वीको सबैभन्दा उच्च केन्द्र नभएको समाचारमा जनाइएको छ । पृथ्वीको केन्द्रबाट नाप्दा सगरमाथाभन्दा अग्लो इक्वेडरको माउन्ट चिम्बोराजो रहेको सीएनएनले लेखेको छ । इक्वेडरको भूभागमा पृथ्वी बाक्लो भएकाले सगरमाथा अग्लो भनिएको तर पृथ्वीको केन्द्रबाट नाप्दा सगरमाथा भन्दा चिम्बोराजो ६ हजार ८ सय फिट अग्लो रहेको जनाइएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com