Follow @khasokhasmag

झापाका अधिंकास स्थानमा मशाल जुलुस, बदला लिने चेतावनी


प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार

भोजपुरको ट्यम्के मयुङमा नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका जिल्ला स्तरिय कार्यकर्ता तिर्थ राज घिमिरेको प्रहरिले गरेको हत्या बिरुद्ध नेकपाले आयोजना गरेको १३ गतेको नेपाल बन्दको पुर्व सन्ध्यामा नेकपाले झापाका १५ स्थानिय तहका सबै स्थानमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

झापाका दमक नगरपालिका, कमल गांउपालिका, गौरादह नगरपालिका, गौरिगंज गांउपालिका, शिवसताक्षी नगरपालिका, कन्काइ नगरपालिका, झापा गांउपालिका, बिर्तामोड नगरपालिका, बार्हदशी गाउपालिका, अर्जुनधारा नगरपालिका, बुधशान्ती गांउपालिका, मेचिनगर नगरपालिका, हल्दिबारी गांउपालिका, भद्रपुर नगरपालिका, कचनकवल गांउपालिकाको मुख्य स्थान र गाउँ भित्रपनि मशाल जुलुस सम्पन्न भएको छ ।

मशाल जुलुसमा हत्यारो फांसिवादी ओलि सरकार मुर्दावाद, प्रतिबन्ध खारेज गर, वीर सहिद तिर्थराज घिमिरे अमर रहुन, राज्यदमन बन्द गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, जनसत्ता लागू गरौं, जस्ता नाराहरु लगाइएको र स्थानिय जनताहरुको समेत स्वस्फुर्त सहभागिता रहेको कुरा जुलुसमा सहभागि कार्यकर्ताले बताए ।

मशाल जुलुसकै क्रममा भद्रपुरको कोणसभामा बोल्दै नेकपा झापाका जिल्ला नेता टीका पोख्रेलले आफ्नो पार्टी माथि राज्यले गरेको दमन बिरुद्ध जस्ताको तस्तै प्रतिबाद गर्न आफ्नो पार्टी सक्षम रहेको बताए । त्यस्तै बिर्तामोडको कोण सभामा बोल्दै अर्का जिल्ला नेता प्रबिन मिश्रले आफ्नो तिर्थराजलाई मारेर क्रान्तीको पर्वाहालाइ रोक्न नसकिने बरु हामी अरु हज्जारौं तिर्थहरु जन्मिने बताए । उता गौरादहको कोण सभामा बोल्दै बिद्यार्थी नेता संजयले सबै खाले दलालहरुलाइ जनकारबाही गरेर अघि बढ्ने बताए । उनले भने हामी जस्तो सुकै आन्दोलन गर्न तयार छौं । त्यस्तै शिवसताक्षिमा भएको कोण सभामा बोल्दै मजदुर नेता चमनलाल माझिले मजदुरमारा सरकारको बिरुद्ध आम झापालीलाई एकजुट हुन अपिल गरे ।

त्यस्तै झापाका पार्टी सेक्रेटरी सुमनसिंहले भोलिको बन्द सफल बनाउन र फांसिबादी सरकारको बिरुद्ध प्रतिरोधमा उत्रन आम क्रान्तिकारी एंव न्यायप्रेमी झापाली जनसमुदायलाई अपिल गरे । सेक्रेटरी सुमनसिंहले आंफुहरु माथी राज्यले गिरफ्तारी, धरपकड र हत्या बढाएको हुनाले त्यसको सबै प्रकारले उचित समयमा जवाफ दिने बताउंदै भोलिको बन्दलाइ सफल बनाइदिन सबै झापाली जनता संग अपिल गरेका छन ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com