उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको वारेमा छलफल भएको थियो ।

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पंहुचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताउनुभयो । उहांले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागी काम अघि बढिरहेको जानकारी दिनुभयो ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहांका उपमहासचिवसंग भेटवार्ता गर्नुभएको थियो । भेटमा मन्त्री पुनले नयां संविधान जारी भएसंगै देशमा स्थिर सरकार बनेको र अहिले दीगो विकासको लक्ष्य सहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि धारणा राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहांले सफा उर्जाबाट आयातित पेट्रोलियम घटाउंदै जाने नेपालको लक्ष्य रहेको बताउंदै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगती भइरहेको दाबी गर्नुभयो ।

मन्त्री पुनले एसडिजी सेभेनको लक्ष्य महत्वपुर्ण भएको भन्दै त्यसलाई पुरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठुलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक,सामाजिक तथा विकास परिषद सहकार्य गर्न ईच्छुक रहेको धारणा राख्नुभयो ।

उहांले उर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतीको प्रशंसा गर्नुभयो । उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसंग नजिक रहेर काम गर्न ईच्छुक रहेको समेत बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com