मुस्लिम आयाेगले मुस्लिमहरुकाे संस्कृति पर्वमा सार्वजनिक विदा दिनु सरकार समक्ष माग।


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

काठमाडौं, ११ जेठ । मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । आयोगको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरी मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक र सांस्कृति पर्वहरु ईदुलफित्र (ईद), ईदुलअज्हा (बकर ईद) र मोहम्मद जयन्ती (मोहम्मद दिवस) मा राष्ट्रिय सार्वजनिक बिदाको व्यवस्था गर्न अनुरोध गरेको हो ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आयोगको विसं २०७५ चैत ११ गतेको निणर्यअनुसार गृह मन्त्रालयमा अनुरोध गरी पठाएकामा हालसम्म कुनै निर्णय अगाडि नबढेकाले प्रधानमन्त्रीबाट नै आवश्यक पहल गरी दिनुहुन अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले मुस्लिम सांस्कृतिक पर्वहरुमा सार्वजनिक बिदा दिने बारे आगामी मन्त्रिपरिषद्को बैठकमा छलफल गरी निर्णय गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com