युनाइटेड नेपलिज एसोसिएसनको सम्मेलन भोलि न्युयोर्कमा, उर्जामन्त्री प्रमुख अतिथि


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

युनाइटेड नेपलिज एसोसिएसनको सम्मेलन भोलिदेखि न्युयोर्कमा सुरु हुने भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा उर्जामन्त्री बर्षमान पुन उपस्थीत हुने तय भएको छ ।

 

राष्ट्रसंघको कार्यक्रममा भागलिन आएका उर्जामन्त्री पुनका साथमा पूर्व सभामुख ओनसरी घर्ती, एनआरएनएका पूर्व अध्यक्ष शेष घले, एनआरएनए अभियन्ता तथा व्यवसायी जमुना गुरुङ लगायतका विशिष्ट व्यक्तित्वहरुको सम्मेलनमा उपस्थीति रहने भएको छ । सम्मेलनको उद्घाटन शनिबार विहान १० बजे गर्ने तय भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको लागुआर्डिया प्लाजा होटलमा हुने सम्मेलनको कन्भेनर व्यवसायी तथा एनआरएन अभियन्ता सोनाम लामा रहेका छन् । सांस्कृतिक झाँकी, प्रतियोगिता र फोरमहरु संचालन हुने चौथो सम्मेलनको समापनका अवशरमा आइतबार बेलुका कन्सर्ट समेत गरिने भएको छ ।

अमेरिकन मुलधारमा नेपाली अमेरिकनहरुलाई अगाडि बढाउने उद्देश्यका साथ काम गरिरहेको गैरनाफामुलक यो संस्थाले युवा र महिला शशक्तिकरणका पक्षमा समेत काम गर्दै आएको छ । सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र आफूहरु निकै उत्साहित रहेको कन्भेनर सोनाम लामाले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com