ट्रम्पको आदेशमा युएससीआईएसका निर्देशकबाट राजिनामा


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नालाई पद छाड्न निर्देशन दिएका छन् । उक्त निर्देशन पछि जुन १, २०१९ बाट लागु हुनेगरी निर्देशक सिस्नाले पदबाट राजिनामा दिएका छन् ।

उनले राष्ट्रपति ट्रम्पको अनुरोधपछि राजिनामा दिएको जनाएका छन् । शुक्रबार बेलुका युएससीआईएसका कर्मचारीहरुलाई इमेल पठाएर निर्देशक सिस्नाले युएससीआईएस छाड्दै गरेको जानकारी दिइएको हो ।

ट्रम्पले भर्जिनियाका पूर्व महान्यायाधिवक्ता केन कुसिनेलीलाई नयाँ निर्देशकमा नियुक्त गर्ने अपेक्षा गरिएको छ । तर यसको औपचारिक घोषणा भने गरिएको छैन ।

सिस्नाले सन् २०१७ को अक्टोबरदेखि युएससीआईएसको नेतृत्व गर्दै आएका थिए । अमेरिकी अध्यागमन प्रणालीमा कडाई गर्नुपर्ने पक्षमा रहेका हार्डलाइनर मानिने सिस्नाका नीति कार्यान्वयनका सन्दर्भमा ह्वाइटहाउससँग विमती रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com