१० महिनामा ११ खर्ब व्यापार घाटा, विलासिता वस्तुको आयात बढ्दै


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

विलासिता वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भएको छ। त्यसमा आयात ११ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो।

अघिल्लो वर्षको १० महिनाको तुलनामा २० दशमलव ६ प्रतिशतले व्यापार घाटा बढेको छ। आर्थिक वर्ष ०७४ /०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com