आप्रवासीले सरकारी सुविधा लिए स्पोन्सरकर्ताबाट भराउने मेमोमा ट्रम्पको हस्ताक्षर


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

अमेरिकामा आउने कुनैपनि आप्रवासीले मेडिकेड लगायतका सरकारी सुविधाहरु प्रयोग गरेमा उक्त रकम स्पोन्सरकर्ताबाट भराउने मेमोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । अमेरिकामा आउने आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट सरकारलाई भराउने २३ बर्ष पुरानो प्रावधान रहेपनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिएको थिएन ।

बिहिबार ट्रम्पले मेमोमा हस्ताक्षर गरेपछि त्यसको व्यवहारिक कार्यान्वयन हुने जनाइएको छ । डिभी लोटरी, परिवारमा आधारित वा रोजगारमा आधारित ग्रिनकार्डमा अमेरिका आउने आप्रवासीका लागि अमेरिकी ग्रिनकार्ड होल्डर वा नागरिकले स्पोन्सर गर्नुपर्ने प्रावधान रहेको छ ।

सन् १९९६ मा ल्याइएको गैरकानुनी अध्यागमन सुधार र आप्रवासी उत्तरदायित्व ऐन अन्तरगत कुनै व्यक्ति अमेरिका आएर सरकारी वेलफेयर लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताले सरकारलाई गराउनुपर्ने प्रावधान ल्याइएको थियो । तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले हस्ताक्षर गरेको यो प्रावधान संघीय कानुन बनेपनि व्यवहारत कार्यान्वयन भएको थिएन ।

प्रावधान अनुशार अमेरिकामा कुनै पनि आप्रवासीलाई स्पोन्सर गर्दा त्यस्तो सपथपत्रमा हस्ताक्षर गर्नुपर्नेछ, जसमा अमेरिकामा आउने व्यक्तिले कुनै सरकारी सुविधा लिएको खण्डमा त्यसको क्षतिपूर्ति हस्ताक्षरकर्ताले सरकारलाई गर्नुपर्नेछ । मानवीय सेवा र स्वास्थ्य विभागले स्पोन्सरकर्ता र आप्रवासीको सबै विवरणहरु संकलन गर्नेछ भने ट्रेजरी डिपार्टमेन्टले स्पोन्सरकर्ताबाट क्षतिपूर्ति भराउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com