क्यामरा बाेकेर दिल्लीपुगी रिपोर्टिङ गरे :पत्रकार धमलाले नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल र भारतकाे सम्बन्धमा नयाँ आयाम आएकाे बताए।


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

काठमाडौं, १० जेष्ठ । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतमा भारतीय जनता पार्टीको विजयीसँगै अब नेपाल-भारत सम्बन्ध नयाँ आयाममा जाने बताएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा राजदुत आचार्यले यस्तो बताएका हुन् ।

उनले भने,”अब नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध झनै सुमधुर हुन्छ ।” उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको केमेष्ट्री मिलेको पनि स्पष्ट पारे

नेपाल र भारत दुवै देशमा यतिवेला राजनीतिक स्थायित्व भएकोले द्धिपक्षीय सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने उनको विश्वास छ । उनले भने, “नेपाल सरकारको तर्फबाट म मोदीजीलाई बधाई दिन चाहन्छु । अब हामीबीचको सम्बन्ध नयाँ युगतर्फ अघि जान्छ । नेपालको विकास र समृद्धिमा भारतको ठूलो सहयोग हुन्छ । नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै हस्तक्षेप हुँदैन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com