मोदीलाई ऐतिहासिक जनादेश , जनतालाई दिए धन्यबाद


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

बीबीसी 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ऐतिहासिक जनादेश दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भै धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा)का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने।

‘आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन।’ मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ। सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको छ।

हार स्वीकार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा ६ हप्तासम्म चलेको निर्वाचनलाई मोदीको हिन्दू राष्ट्रवादी राजनीतिको जनमत सङग्रहका रूपमा हेरिएको थियो। मतदानमा ६० करोड मतदाताले सहभागिता जनाएका थिए। भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीले बेहोरेको हार स्वीकारेका छन्। दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा समेत आफ्नो हार स्वीकार गरेका छन्। उक्त निर्वाचन क्षेत्र दशकौँ देखि गान्धी परिवारको पकडमा थियो। कंग्रेसले नेतृत्व गरेको गठबन्धनले चुनावमा एक सय भन्दा कम सिट जित्ने अपेक्षा गरिएको छ।

चुनावी हिसाब

कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तीमा २७२ सीट चाहिन्छ। सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो। उक्त चुनावमा भाजपाको गठबन्धनले संसदमा कुल ३३६ सिट ओगट्न सफल भएको थियो।

सन् २०१४ को चुनावमा कंग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धन सहित जम्मा जम्मी ६० सीट पुगेको थियो। हालको चुनावमा भाजपाले निकै महत्त्वपूर्ण मानिने उत्तर प्रदेश प्रान्तमा समेत पचास प्रतिशत सीट जित्ने आकलन गरिएको छ। ८० सिट भएको उक्त प्रान्तमा दुई वटा क्षेत्रीय दलहरू मिलेर भाजपा विरूद्ध उभिएका थिए।

त्यस्तै पश्चिम बङ्गालमा पनि भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ। भारतका पाँच मध्येका चार दक्षिणी प्रान्त – आन्ध्र प्रदेश, तेलंगना, तमिलनाडु र केरलामा भने भाजपाको प्रदर्शन राम्रो हुन सकेन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com