भारतीय प्रधानमन्त्री मोदी ४ लाख ८० हजार मतान्तरले विजयी


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट ४ लाख ८० हजार मतान्तरले विजय हासिल गरेका छन्।

उनले समाजवादी पार्टीका शालिनी यादवलाई हराएका हुन्।

यसअघि २०१४ को चुनावमा उनले ३ लाख ७१ हजार ७ सय ८४ मतले विजय हासिल गरेका थिए। उनले अघिल्लो चुनावमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई हराएका थिए।

उता कांग्रेस नेतृ सोनिया गान्धीले पनि चुनाव जितेकी छन्। उत्तर प्रदेशको राय बरेलीबाट चुनाव जितेकी हुन्।

उनले भाजपाका दिनेश प्रताप सिंहलाई हराएकी हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com