टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने बिल संसदको न्यायिक समितिबाट पारित


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिबाट अगाडि बढेको छ । बुधबार संसदको न्यायिक समितिका डेमोक्र्याट्सहरुले विधयेक अगाडि बढाउने पक्षमा मतदान गरेका थिए ।

ड्रिम एक्टले बाल्यकालमा अमेरिका आएका झण्डै ३६ लाख कागजपत्रविहिनहरुलाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । झण्डै ८ लाख ड्रिमरहरुलाई डाकाले समेटेको छ ।

त्यस्तै प्रमिस एक्टले टीपीएसबाहकलाई ग्रिनकार्डको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । यो विधयेक पारित भएमा झण्डै १० हजार नेपाली टीपीएसबाहकहरु प्रत्यक्ष लाभान्वित हुनसक्नेछन् ।

ड्रिम एक्टका पक्षमा न्यायायिक समितिमा १९ मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । त्यस्तै प्रमिस एक्टका पक्षमा २० मत र विपक्षमा ९ मत परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब ती विधयेकहरु प्रतिनिधिसभाको पूर्ण बैठकमा मतदानका लागि ल्याइनेछ । प्रतिनिधिसभामा ती विधयेकहरुलाई अमेरिकन ड्रिम एण्ड प्रमिस एक्ट नामाकरण गरेर एकमुष्ठरुपमा ल्याइने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com