राहुल गान्धीलाई उसकै किल्लामा हराउने यी पूर्व टिभी अभिनेत्री


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारकी निवर्तमान मन्त्री स्मृति इरानीले अमेठीको अभेद्य मानिने कंग्रेस आईको किल्लामै सो पार्टीका अध्यक्ष राहुल गान्धीलाई यस पटकको निर्वाचनमा हराएकी छन् । बिहीबार भएको मतगणनामा उनले ५५ हजार १२० मतले राहुललाई हराएकी हुन् ।

पहिला राहुल गान्धी तीनपटक सो क्षेत्रबाट सांसद भएका थिए । त्यो भन्दा पहिला सोनीया गान्धी पनि त्यहीँबाट निर्वाचित भएकी थिइन् । त्यसभन्दा अझ अघि राहुलका काका सञ्जय गान्धी र त्यसपछि पिता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीले सो क्षेत्रलाई गान्धी परिवारको सिटको रुपमा विकास गरेका थिए । राजीव पनि सो क्षेत्रबाट तीन पटक चुनिएका थिए ।

तर, आफ्नो दोस्रो प्रयासमा पूर्वअभिनेत्री स्मृति इरानीले यो सिट गान्धी परिवारबाट छिनेर लिन सफल भएकी छन् । स्मृति २०१४ मा राहुलसँग सोही क्षेत्रमा निर्वाचन हारेकी थिइन् । त्यतिबेला भन्दा यसपालि उनी बलियो ढंगले अमेठी जाँदैछन् भन्ने धेरैले पहिल्यै सोचेका पनि थिए ।

तर यसरी राहुललाई नै पछार्लिन् भन्ने कसैले ठानेका थिएनन् । इरानी सन् २०१४ मा बनेको मोदी सरकारमा पहिला मानव संशाधन मन्त्री थिइन् र पछि सूचना प्रसारण र कपडा मन्त्री पनि भइन् । यस अवसरमा उनको पढाई र मानव संशाधन मन्त्रीको हिसाबले दिएको अभिव्यक्तिका कारण पनि उनी विवादमा आइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी उनले रोहित वेमुला आत्महत्या प्रकरणमा जसरी डिल गरिन् त्यसले उनी आलोचनाको निशानामा परेकी थिइन् । यसको बाबजुद पनि उनी सुष्मा स्वराज र निर्मला सीतारमण जस्तै केन्द्रीय मन्त्रिमण्डलमा रहन सफल भइरहिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com