अमेरिकाको भिजिटर भिसा र विद्यार्थी भिसा थप्ने आवेदन अब अनलाइनबाटै


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

अब अमेरिकाको निश्चित प्रकारका भिजिटर भिसा र विद्यार्थी भिसाको अवधि थप्न वा स्टाटस परिवर्तन गर्नका लागि अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको छ । गैरआप्रवासी भिसा थप्न वा स्टाटस परिवर्तन गर्नका लागि अब फर्म आई ५३९ आवेदन अनलाइनमार्फत नै दिन सकिने भएको छ ।

सह आवेदकहरु नभएको र कानुनी वा मान्यता दिइएको प्रतिनिधि नभएका एकल आवेदनहरु अनलाइनमार्फत दिन सकिनेछ । बी वान, बी टु, एफ वान, एफ टु, एम वान र एम टु भिसा वाहकले स्टाटस परिवर्तन गर्दा वा भिसाको अवधि थप्न अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् ।

अनलाइनमार्फत फाइल गरिएका आवेदनहरु प्रकृयाका लागि छिटो लाइनमा राखिने युएससीआईएसले जनाएको छ । साथै कागजीपत्र विना नै त्यस्ता आवेदनबारे युएससीआईएसमा सिधा सम्पर्क गर्न सकिनेछ ।

कम्प्युटर, फोन र ट्याबलेटमार्फत फाइल गर्न सकिनेछ भने आफ्नो स्टाटस पनि अनलाइनमार्फत नै थाहा पाउन सकिनेछ ।

अनलाइनमार्फत फाइल गर्न आफू योग्य भए नभएको जाँच्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com