बुटवलमा युवती बेच्ने पसल ! १५ बर्षिया बालिका समेत बेचबिखनमा


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

लागु औषधमा मात्र ध्यान केन्द्रीत गरेर अनुसन्धानमा लागेको प्रहरी, रुपन्देहीमा युवतीहरुको पसल राखेर होटल होटलमा सप्लाई गरिने घटना फेला परेपछि झस्केको छ । बुटवलमा रहेको एक सानो होटलबाट ठुला ठुला होटलहरुमा समेत युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले हात पारेको छ ।
बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट जव एक जना १५ बर्षिया नाबालिक हरेक दिनको यौन शोषणको पिडा सहन नसकेर भागिन त्यसपछि बुटवलमा फस्टाएको यौन धन्दाको पर्दाफास भएको हो । गरिबीका कारण होटलमा भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकि थिईन् । घरमा आमासंग आफुले भोगेको पिडा सुनाउंदा समेत परिवार प्रहरीकोमा नगएर किशोरीलाई काम गर्न भारत पठाउने क्रममा नेपाल भारत सिमाबाट उद्धार गरेर प्रहरीमा बुझाईएपछिमात्र किशोरीको पिडा र बुटवलमा चलेको धन्दा सार्वजानीक भएको हो ।

प्रहरीका अनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा बिभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो । किशोरीको बयानमा पनि हाफुलाई गाडीमा राखेर अग्ला घर भएको एसी चल्ने होटलमा पठाईएको ब्यहोरा आएको प्रहरीले जनाएको छ । किशोरीको बयानका आधारमा प्रहरीले होटल संचालक दम्पत्ती टेकबहादुर कुंवर र मिना कुमारी कुंवरलाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरी यौनधन्दा नियन्त्रण गर्न र समाजमा बिकृतिलाई न्युनिकरण गर्न सक्रियतापुर्वक लागेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापा बताउंछन् ।
प्रहरीको सक्रीयतालेमात्र यौन धन्दा नियन्त्रण नहुने बताउंदै एसपि थापाले समाजमा रहेको नागरिकहरुको सहकार्य र सक्रियतामा प्रहरीले यस्ता धन्दामा नियन्त्रण गर्न सक्ने बताउंछन् । कुंवर दम्पत्तीले युवतीहरुलाई एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजार सम्म लिने गरेको एसपी थापाले बताए । उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको किशोरीले बताईन् ।
प्रहरी उपरिक्षक थापाले किशोरीको बयानका आधारमा यौनधन्दाको बिषयमा गम्भीर अनुसन्धान गरिने बताएका छन् ।
१५ हजारका लागि साथीको हत्या :

उता रुपन्देही प्रहरीले मात्र १५ हजार रकमका लागि आफ्नै साथीको हत्या गर्ने समुहलाई समेत पक्राउ गरेको छ । १५ हजार गोजीमा हालेर मादक पदार्थ सेवन गरेको अवस्थामा अपशब्द बोलेको निहुमा कपिलवस्तुका चिरन्जीबी आचार्यको हत्या भएको प्रहरीले बताएको छ । संगै होटलमा मदिरा सेवन गरेका राजु बिक र रमेश बिकले १५ हजार लुटनकै लागि आचार्यको ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

 

हत्या पछि स्थानीय गोपाल खनाल र बसन्त खत्रीको संरक्षणमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले खनाल र खत्री सहित बिक द्धयलाई पक्राउ गरेको छ । जेठ ६ गते रुपन्देहीकोे सैनामैना १० सितलापुरमा आचार्यको शव फेला परेको थियो । गरिबी र मदिरा सेवन हत्याको प्रमुख कारण भएको ईलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरिक्षक डिलबहादुर मल्ल बताउंछन् ।
प्रहरीले गरिबिका कारण यौन पसल राख्ने र साथीका हत्या गर्ने समुहलाई एकै दिन सार्वजानीक गरेबाट पनि देशमा गरिबीले अपराध बढाएको पुष्टी गरेको छ । गरिबीको न्युनिकरण त राजनितीक नेतृत्वले निती बनाएर गर्ला तर समाजमा बढेको अपराधीक घटना नियन्त्रण गर्न प्रहरीले अझै सक्रीयता बढाउन आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com