कति छ पुराना नोटका मुल्य ?


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr । यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।

केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।

आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।यदि तपाई संग धेरै पुराना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन ।

पूरा पढ्नु होस:-पदको दुरुपयोग: सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलाशा भएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको सेफोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको हो ।

पदको दुरुपयोग गर्र्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्बो टोली लिएर दर्शन गर्न पुगेका थिए । मंगलबार विहान साँढे ८ बजे मन्दिर परिसरमा हेलिकोप्टर ल्यान्ड गरेर उनकी श्रीमती र छोरा सहितको टोलीले मन्दिरमा दर्शन गरेको स्रोतले जानकारी दियो ।

ब्यारेक निरिक्षण गर्न गएको बताएका उनले कुरा फेर्दै आफू निकुञ्ज निरिक्षण गर्न गएको पनि बताए । तर, उच्च स्रोतका अनुसार उनी कुनै निरिक्षण गर्न गएका थिएनन् । उनको निजी भ्रमण नै थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com