बेलायतको मेयर पदमा नेपाली मुलका एक नेपाली निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका डा जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्।
पर्वतको बिहादीमा जन्मिएका शर्मा गत सोमवार भएको स्थानीय काउन्सिलहरू बीचको निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन् ।
शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारी समेत समाल्दै आएका छन्। उनी यसाघि पनि सो क्षेत्रमा तीन पटकसम्म काउन्सिलर र उपमेयरमा निर्वाचित भएका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।