प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो।

प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए। खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको हो।

गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइेको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइेको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा खोजी गर्दै पुगेकाे भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गाेली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ। भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com