सामाजिक न्याय र समृद्ध मुलुककाे निम्ति भुमिसुधार: शान्ता चाैधरी


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

काठमाडौ ,
नेपाल कम्यूनिष्ट पार्टीको सरकारबाट देशले धेरै अपेक्षा गरेको छ । लामो अस्थिरतापछि स्पष्ट बहुमत सहितको सरकार बनेकाले यस्तो अपेक्षा स्वाभाविक पनि छ । नेपाली समाज रुपान्तरणको लागि आवश्यक कानूनी र संस्थागत आधार बनाउन सक्ने स्थितिमा सरकार छ । यो सरकारबाट धेरै अपेक्षा गरिएको विषय भनेको भूमिसुधारको पनि हो

यस वर्षको नीति तथा कार्यक्रममा बैज्ञानिक भूमिसुधार गर्ने विषय अघिल्लो वर्षभन्दा अलि बढि प्रष्ट रुपमा आएको छ । संविधानकाको मौलिक हकमा गरिएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउने विषय यो सरकारको प्राथामिकतामा छ । संविधानमा भूमिसुधारको विषय भाग ३ को मौलिक हक र कर्तव्य, धारा २५ को सम्पत्तिको हकअन्तर्गतको उपधारा ४ मा समेटिएको छ । जसमा भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा सहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानूनबमोजिम भूमिसुधार, व्यवस्थापन र नियमन गर्न बाधा नपर्ने र यसका लागि सम्पत्तिसम्बन्धी व्यवस्थासमेत बाधक नहुने उल्लेख छ ।

सरकारले चाहेमा आवश्यकताबमोजिम भूमिसुधार गर्न संबैधानिक अड्चन देखिँदैंन । संविधानको भाग ४, धारा ५० को निर्देशक सिद्धान्तमा उल्लेख कृषि र भूमिसुधारसम्बन्धी नीतिमा (१) भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, (२) अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, (३) किसानको हक हित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीति अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, (४) भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनसमेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने भनिएको छ ।

संविधानमा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने र मुक्त कमैया, कमलरी, हरुवा, चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने नीति लिने व्यवस्था पनि गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूमिसुधारको विषय २००७ सालदेखी उठ्दै आईरहेको छ । तर २०१६ सालको होस् या २०२१ सालको होस् ति भूमिसुधार नागरिकको जिवनमा परिवर्तन ल्याउने अभिप्रायले भन्दा पनि राजनीतिक बाध्यताबाट ल्याईएका थिए । र त्यसबाट आंशिक मात्र परिवर्तन भयो । तर आज पनि भूमि स्वामितव र उपयोगको अवस्थामा पुरानै समस्या छन् । अझ नयाँ समस्या थपिएको छ । अहिलेको समय भूमिसुधारको लागि उपयुक्त समय हो ।

भूमिसुधारले असमतामूलक भूस्वामित्व अन्त्य गरी भूमिहीन किसानले युगौंदेखि भोगिरहेको गरिबी, शोषण, उत्पीडन र भेदभावबाट मुक्ति पाउन सक्छन् र स्वतन्त्ररूपमा श्रम बजारमा प्रतिस्पर्धा गर्ने अवसरबाट लाभान्वित हुन्छन् । जसले गर्दा परिवारको आत्मसम्मान वृद्धि, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा पहुँच प्राप्त गरी समाजमा अन्य नागरिकसरह उनीहरूलाई सम्मानित जीवन बाँच्ने अवस्था सिर्जना गर्न सहयोग पुग्छ ।

खेति नगर्नेले जमिन हड्प्ने तर जिन्दगीभर माटोमा हाड खोट्ने हलियाको १ चिम्टी माटो नहुने ? यो अन्यायलाई बदल्न अहिलेको सरकारले स्पष्ट मार्ग चित्र तय गरी सोलाई पुरा गर्न आगामी कार्यक्रम तथा बजेटमा प्राथामिकतामा राखिनुपर्छ ।

गरिबहरू बसेको वा जोतेको जमिन कानूनी रूपमा दर्ता छैन । यसलाई गरिबहरूको नाममा दर्ता गरिदिने हो भने उनीहरू सम्पत्तिका मालिक हुन्छन र भूमि बजारमा सक्रिय सहभागिता जनाउँछन् । भूमिसुधार सबैको लागि आवस्यक छ । भूमिसुधारले मुलतः देशलाई खाद्यमा निर्भर र रोजागारी सिर्जना गर्ने भएकोले भूमिहीन, मोही र गरिब किसानका लागि मात्र नभएर जमिनदार, उद्योगपति, धनीलगायत ब्यावसायिक र गैर कृषिका क्षेत्रमा लागेका सबैका लागि आवश्यक छ । भूमिसुधार एकअर्काको विरोधी होइन, आर्थिक निर्माण र खाद्य सम्प्रभुता र आत्मनिर्भरताको आधार हो ।

भूमि समस्यालाई सुल्झाउन भूउपयोग ऐन संघीय संसदले पारित गरिसकेको छ । भूमि सम्बन्धी ऐनको आठौं संशोधन प्रतिनिधीसभा प्रस्तुत भएको छ । यो विधेयकमा तिनिधीसभा र सम्बन्धीत समितिमा गहिरोसँग छलफल भई नेपालको आवस्यकता र श्रमजिवी भूमिहीन र किसानको समेत सामाजिक न्याय र आर्थिक उन्नतीलाई समेत हित गर्ने खालको ऐन ल्याउन सबैले योगदान गर्नु आवस्यक छ । यो विधेयमा सबै खाले भूमि समस्यालाई छिमोल्नेगरीका प्रावधानहरु आउन आवस्यक छ ।

विधेयकमा दर्ता नभएको मोहीको विषय छुटेको छ । २०५३ सालमा भूमिसम्बन्धी ऐनमा चौथो संशोधन गरी मोही लागेको जग्गा आधा बाँडफाँट गर्ने भनिए तापनि पूर्ण तयारीबिना गरिएको मोहियानी सुधार नीतिले मोही असुरक्षित भए । दर्तावाल मोहीले कमाइरहेको जग्गा बाँडफाँट कार्यक्रम पनि असफल पारियो । मोहियानी हक कायम गरी भूमिमाथिको दोहोरो स्वामित्व अन्त्य गरेर प्रत्यक्षतः ६ लाख परिवारको समृद्धि र अप्रत्यक्षरूपमा मुलुकको समग्र आर्थिक वृद्धिमा योगदान पु¥याउनु जरुरी छ । भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन (२०५३ पुस २४) भन्दा अगाडिसम्म जोतभोग गरिआएका जोताहा किसान मोही हकबाट वञ्चित भएकाले उनीहरुलाई स्थानीय निकायको सर्ज्मिन आधारमा मोही कायम गरी जमिनको स्वामित्व दिनुपर्छ ।

यीे विषय प्रस्तुत विधेयकमा समावेश हुन आवस्यक छ ।

अहिलेको सरकारले भूमि सम्बन्धमा ठोस नीति र कार्यक्रम लिएर निश्चित पद्दतीको विकास गरेर भूमिसुधारको काम अघि बढाउनै पर्छ । समृद्दिको उद्देश्य हासिल गर्न यसले महत्वपुर्ण आधार दिनेछ । वास्तविक श्रम गर्नेको हातमा धेरथोर जमिन पुग्छ । र यसले उनिहरुको जिवीकालाई सहज बनाउँछ । हरेक नागरिक सम्मानपुर्वक जिउने स्थिती बन्छ । त्यसले नयाँ युगको शुरुवात गर्दछ । जिवन भर बसेको घरको जमिन आफ्नो नहुने, रात दिन काम गरेको जमिन आफ्नो नहुने स्थिती अव सल्टाउनु पर्छ । कमैया, कमलरी, हलियाको समस्या अव बाँकी राख्नु हुन्न । पुर्वका हरवाचरवाको विषयमा हालसम्म केही प्रयास नभएको हुँदा यही सरकारले लगत लिई पुर्नस्थापनाको काम अघि बढाउनु पर्छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com