सबैकाे लागि राष्ट्रिय आविष्कार केन्द्र काे ढाेका २४ घण्टा खुल्ला: महावीर पुन


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

नेपाल का वैज्ञानिक महावीर पुण आफ्नो फेसबुक बालमा लेख्छन् राष्ट्रिय आविष्कार केन्द्रको ढोका २४सै घण्टा सबैको लागी खुला छ. राम्रो राम्रो आईडियाहरु ल्याउनुहोस, अनुसन्धान गर्नु होस् र नयाँ कामहरु गर्नुहोस. तपाईको अनुसन्धानको लागी चाहिने सामानहरु, औजारहरु, काम गर्ने ठाउँ र आबश्यकता अनुसारको आर्थिक सहयोग उपलब्ध हुनेछ. यहाँ काम गर्न पैसा तिर्नु पर्दैन. अनि तपाइंले अनुसन्धान गरेर बनाएको बस्तुहरु तपाइंको नै सम्पति हुन्छ. केहि मान्छेहरुलाई उनीहरुको आईडिया हामी बाट चोरी हुन्छ कि भन्ने डर छ. तर हामी आईडिया चोर होइनौं. यस्तो निशुल्क सुबिधा यति सजिलै रुपमा संसारको कुनै पनि ठाउँ र देशमा पाइदैन. तलको फोटोहरु केन्द्रको फोटोहरु हुन्.

हाल राष्ट्रिय आविष्कार केन्द्रमा बिभिन्न किसिमका electronic and mechanical tools, power tools, power drill machines, metal cutter, Arc welding, MIG welding, Plasma cutter, Laser machine, 3D printers, CNC PCB engraver जस्ता सामानहरु उपलब्ध् छन् र अरु औजारहरु र मशीनहरु पनि थपिंदै छन्. काम गर्नको लागि तपाइँहरु लाई चाहिने तामा, अलुमिनियम र फलामको डण्डा र पाताहरु, प्लाईऊडहरु उपलब्ध छन् र चाहिए अनुसारको अरु सामानहरु पनि पाइने छन्. स्वागतम. मेरो सम्पर्क फोन 9841592361 पनि २४सै घण्टा खुला छ. यो कीर्तिपुरमा त्रिभुबन बिश्व बिद्यालयको हाता भित्र छ.

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com