रिक्सा चडेर जागरण अभियानमा: देउवा


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम देशभर संचालन रहेको छ। देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले सहभागी भएर जनतालाई जागरुक बनाई रहेका छन्। शुक्रबार तराईका विभिन्न जिल्लामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् पुगेर जागरण अभियानमा सहभागी बने।

नेपाली कागे्रस पार्टी सभापति देउवाले मध्ये दिउसोको समयमा घामको प्रवाह नगरेरै रिक्सा सयर गरेर तराईका जिल्लाहरुको जागरण अभियानमा सहभागी बनेका तस्वीर यतिबेला सामाजीक सञ्जालमा सार्वजनिक भएपछि शुक्रबारको जागरण अभियानको चारै तिर चर्चा परिचर्चा सुरु भएको छ।

राष्ट्रपतिले आफू कतै निस्कदा पूरै बाटो बन्द गर्ने परम्पराले दिक्क भएका जनताले देउवाको यो शैलीको खुलेर प्रशंसा गरेका छन् । सर्वसाधारण जस्तै रिक्सामै चढेर जनताको घरदैलोमा देउवा पुगेपछि अहिले उक्त तस्वीर सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

बेलाबखतमा आलोचनामा आईरहने देउवाको अहिले सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले चौतर्फी प्रशंसा गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com