एमबाप्पेको दुई गोलसँगै पीएसजीको जित।।


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

एजेन्सी – तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएको युवा स्टार केलियन एमबाप्पेले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । एन्जल डि मारिया र एडिन्सन काभनीले समान १ गोल गरे ।

खेलको तेस्रो मिनेटमै पीएसजीले एन्जल डि मारियाको गोलबाट अग्रता बनाएको थियो । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । त्यसको एक मिनेट पछि नै इडिन्सन काभनीले गोल गरेपछि पीएसजीले सुरुमै २–० को अग्रता बनायो । काभनीले डि मारियाको पासलाई सदुपयोग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकपक्षीय बनेको खेलको ३६औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजी पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । एमबाप्पे ३ खेलको प्रतिबन्धपछि खेलमा पुनरागमन गरेका हुन् । फ्रेन्च कप दौरान एमबाप्पेले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पनि एमबाप्पेलाई थप प्रतिबन्ध सुनाइएको थियो ।

५६औं मिनेटमा एमबाप्पेलाई व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए । दुई गोलगरेसँगै एमबाप्पे गोल्डेन बुटको लागि बार्सिलोनाका लियोनेल मेस्सीभन्दा २ गोल पछाडि उभिएका छन् । मेस्सीले ३४ गोल गरेका छन् । एमबाप्पेको ३२ गोल रहेको छ । पीएसजीले अझै एक खेल खेल्न बाँकी छ । अन्तिम खेलमा एमबाप्पेले दुई भन्दा बढी गोल गरे गोल्डेन बुट जित्नेछन् ।

लिग वान च्याम्पियन बनिसकेको पीएसजीले जितसँगै ३७ खेलबाट ९१ अंक पुगेको छ । पराजित डिजोन ३१ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com