अमेजनले बेच्यो हिन्दु देवीदेवताको फोटो अंकित जुत्ता र ट्वाइलेट सिट–कभर, भारतमा विरोध


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ ।

बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ ।

यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहेको देखिन्छ ।

यसअघि पनि अमेजनमा भारतको राष्ट्रिय झण्डा भएको डोरमेट बिक्रीमा आउँदा ठूलो विरोध भएको थियो ।

भारतका देवी–देवताकै किन अपमान हुन्छ : रामदेव
अमेजनले हिन्दू देवी–देवताको फोटो अंकित ट्वाइलेट कभर, जुत्ता र डोरमेटजस्ता सामाग्री बेच्न राखेकोमा बाबा रामदेवले विरोध गरेका छन् ।

रामदेवले ट्वीट गर्दै सधैं भारतकै पूर्वज देवी देवताको मात्र किन अपमान हुन्छ भनेर प्रश्न गरेका छन् ।

पतंजलीका संस्थापक बाबा रामदेवले अमेजनले भारतको अपमान गरेकाले सामाग्री हटाएर मात्र नपुग्ने माफी माग्नुपर्ने माग गरेका छन् ।

त्यस्तै अमेजनविरुद्ध नोयडाको सेक्टर ५८ को प्रहरी स्टेसनमा मुद्धा दायर पनि गरिएको छ । धार्मिक आधारमा विभिन्न समूहबीच शत्रुता फैलाएको आरोप लगाउदैं मुद्दा दायर गरिएको छ ।
Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com