अमेरिकामा एक गर्भवती किशोरीको हत्या गरी गर्भमा रहेको बच्चा चोरियो, तीन जना पक्राउ


प्रकाशित मिति : जेष्ठ ४, २०७६ शनिबार

अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए ।

घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरीलाई पक्राउ गरेको छ । त्यस्तै क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबकलाई हत्यामा सहयाेग गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले आशंकाको आधारमा फिगुरोआकाे घरमा खाजतलास गर्दा उनको पछाडिपट्टि रहेको फोहोर फाल्ने डब्बाबाट महिलाको शव बरामद गरेको थियो ।

प्रहरीका अनुसार गर्भवती महिला फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निशुल्क दिने सूचना देखेपछि ओचावा आफ्नो घरभन्दा ४ माइल टाढा फिगोरोआको घर गएकी थिइन् ।
तर त्यहाँ उनलाई हत्या गरी मृत शरीरबाट बच्चा झिकिएकाे थियो । त्यसको केही समयपछि उनले इमेरजेन्सीमा फोन गरेर सडकमा हिँडिरहेको एक महिलाले आफ्नोमा बच्चा जन्माएको र अवस्था निक्कै नाजुक भएको भन्दै फोन गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वयमसेवी घटनास्थल पुग्दा शिशु निलो भइसकेका थिए । प्रहरीका अनुसार बच्चा बाँच्ने सम्भावना निक्कै कम छ । शिकागो प्रहरी प्रमुख एडी जोनसनले घटनाबारे भने, ‘यो एकदमै घृणीत र डर लाग्दो घटना हो । पीडित परिवारलाई परेको पीडा सोच्न पनि सकिँदैन । बच्चा जन्मको खुसी मनाउने बेला तिनले आमा र बच्चाको मृत्युको सामना गर्नुपर्यो ।’

प्रहरीले फिग्युरोआ र लोपेजबीच फेसबुकमा भएको सम्वादका आधारमा उनीहरूमाथि हत्याको आशंका गरेको थियो । त्यसपछि प्रहरीले उनको घरको खोजतलासी गर्दा लोपेको मृत शरीर भेटिएको थियो । पछि गरिएको डीएनए परीक्षणले बच्चा लोपेजेको भएको पुष्टि भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com